arrow

माओवादी केन्द्रसँग चाँडै एकता हुन्छ: उपाध्यक्ष खतिवडा [भिडियो]

झलनाथ खनालले बैठकमा एकता नगर्ने सुझाव दिएका भए पनि बैठकको निर्णय भने एकताको पक्षमा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
jaganath-khatiwadas.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन्।

शुक्रबार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ काम गरिरहेको बताए। उनले एकता निश्चित भएको र निर्णय एकताको पक्षमा नै हुने दाबी गरे।

उनका अनुसार, सम्मानित नेता झलनाथ खनालले बैठकमा एकता नगर्ने सुझाव दिएका भए पनि बैठकको निर्णय भने एकताको पक्षमा हुनेछ र एकताको प्रक्रिया तत्काल अघि बढ्नेछ। उनले माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवादलाई मान्ने सहमति भइसकेकाले सैद्धान्तिक विषयमा समानता स्थापित भएपछि नै एकताको प्रक्रियामा लागेको स्पष्ट पारे।

उपाध्यक्ष खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै घर फर्किनुस् भनेर गरेको आह्वानलाई पार्टी एकता भाँड्नका लागि गरिएको साजिस भएको जिकिर गरे। उनले ओली एकताको लागि कहिल्यै नभएको बताए। उनले एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ