arrow

वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्ब आयात, २६ अर्ब ५९ करोडको निर्यात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
birjung-bhansar-karyalaya-custom-office.jpg
फाइल तस्बिर

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । 

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए ।

 “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यको सामान भित्रिदा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन भएको छ ।” जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु एक खर्ब ८३ अर्ब ८७ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको तीन महिनामा यो नाका हुँदै आयातमात्रै नभएर निर्याततर्फ पनि उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्जनाका हुँदै चालु आवको तीन महिनामा रु २६ अर्ब ५८ करोड मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

जबकि गत आवको तीन महिनाको सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो । रकमका आधारमा गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १७ अर्ब ७५ करोड बढीले निर्यात भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ