जनकपुरका ताल-पोखरीमा सात सयभन्दा बढी प्रहरी परिचालन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
1.1k
Shares
काठमाडौं। छठ पर्वको अवसरमा चोरी, लुटपाट र महिला हिंसाजस्ता आपराधिक घटना हुन नदिन जनकपुर लगायतका शहरहरूमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले दिएको जानकारी अनुसार, छठ पर्वको शान्ति सुरक्षाका लागि जनकपुरका गंगा सागर, धनु सागरलगायतका ताल र पोखरी वरपर करिब ७०० भन्दा बढी प्रहरीहरू परिचालन गरिएको छ।
डीएसपी बमले छठ पर्वमा चोरी, लुटपाट, महिला हिंसा तथा अन्य आपराधिक गतिविधिलाई दृष्टिगत गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनले सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी विभिन्न स्थानमा ब्यारिकेटसमेत राखिएको जानकारी दिए। यसका साथै अन्य सुरक्षा निकायहरूसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ।
तराई मधेसमा छठ पर्वको समयमा चोरी र लुटपाटको घटना हुन सक्ने भएकाले घर बाहिर जानुपरेमा नजिकैको प्रहरीलाई खबर गरेर जान पनि जिल्ला प्रहरी कार्यालय धनुषाले सर्वसाधारणलाई अपिल गरेको छ।