arrow

प्रचण्डको नयाँ फण्डाः छठपछि वामपन्थी एकता हुने दाबी [भिडियो]

निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
prachanda-janakpur.jpg

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन्। जनकपुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

प्रचण्डले समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको बताए। उनको दाबी छ, “छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको।”

पूर्वप्रधानमन्त्री दाहालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्नेमा जोड दिँदै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए। मङ्गलबार मात्रै संसदीय दलहरूसँग सरकारले वार्ता गरेको र त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको उनले उल्लेख गरे।

उनले थप भने, “निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ।” उनले जेन–जी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने र काठमाडौँ उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने माओवादी केन्द्र पहिलो पार्टी बनेको समेत दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ