arrow

संसद विघटन गर्नेले नै पुनर्स्थापनाको कुरा गर्नु हाँस्यास्पद: प्रचण्ड [भिडियो]

आफ्नै सिफारिसमा बनेको सरकारलाई 'हाहाहुहुको सरकार' नभन्न ओलीलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
prachandas.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले पटक-पटक संसद् विघटन गर्नेहरूले नै अहिले संसद् पुनर्स्थापनाका कुरा गर्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

दाहालले सरकारले तोकेको समयमा निर्वाचन नभए देशमा अर्को अराजकता निम्तिने खतरा रहेको भन्दै यसलाई रोक्न वर्तमान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई आग्रह गरे । उनले भने, "घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भड्काउने कोशिस कसैले नगरोस् ।"

आफ्नो भनाइलाई स्पष्ट पार्दै उनले भने, “हिजो पटक पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरु केही हुन सक्दैन । म ती साथीहरूलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु।” उनले सबै मिलेर वृहत सहकार्य गर्न आग्रह गर्दै यसलाई भाड्ने दुश्चेष्टा कसैले नगर्न चेतावनीसमेत दिए ।

यसका साथै उनले वर्तमान सरकार एमाले अध्यक्ष केपी ओलीकै सिफारिसमा बनेको पनि दोहोर्याएका थिए । उनले आफ्नै सिफारिसमा बनेको सरकारलाई 'हाहाहुहुको सरकार' नभन्न ओलीलाई सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ