arrow

प्राकृतिक विपद् 

रोशी खोलाले बीपी राजमार्ग बगाएपछि...[भिडियो

बनाउन कम्तीमा एक साता लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
bp-highway-badhi.jpg

रामेछाप । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुर्‍याएको छ । बाढीको कारण बीपी राजमार्ग ठप्प भएको छ ।

खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।

गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गमा ठूलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । 

अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौँ छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौँ आउजाउ गर्नुपर्ने भएको छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले बीपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बताए । 

उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ