arrow

सकियो पचली भैरवको जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
pachali-bhairav-nach-(12).jpg

काठमाडौँ । यस वर्षको पचली भैरव जात्रा विधिपूर्वक सम्पन्न गरिएको छ । जीवितदेवी कुमारीलाई असोजशुक्ल पञ्चमीको राति भैरवको दर्शन गराएपछि शुक्रबारदेखि सुरु भएको जात्रा समापन भएको हो ।

भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासअनुसार हनुमानढोकामा लगेर कुमारीलाई पचली भैरवको दर्शन गराइएको हो । कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौंँ महानगरपालिका-१२ स्थित पचली पीठबाट विशेष बाजागाजासहित भैरवलाई हनुमान ढोका ल्याइएको थियो ।

चित्रकारले घ्याम्पोमा भैरवको विम्ब बनाएर पचलीबाट शुरू गरिएको भैरवको खटलाई नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको घुइँचो लागेको थियो । यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो ।

विभिन्न किसिमका नकारात्मक तथा खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले पचली भैरवलाई टेकुमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका-१२ वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समिति संयोजक बालकृष्ण महर्जनले जानकारी दिए ।

कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायले काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरव जात्रा गरिँदै आइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ