arrow

आज विश्व शरणार्थी दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
world-refugee-day-sharanarthi-day-hamrakura.jpg

काठमाडौँ । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शरणार्थीसम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

दिवसको अवसरमा शरणार्थीहरूको समर्थनमा विश्वका मुलुकहरूले विभिन्न कार्यक्रम गर्छन् ।यी गतिविधिहरूको नेतृत्व शरणार्थी, सम्बन्धित सङ्गठन, सरकारी कार्यालय लगायतले गर्दै आएका छन् ।

विश्वमा हरेक एक सय १३ व्यक्तिमध्ये एक जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याक छ । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायत कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ