-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराइले बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेको बताइएको छ ।
बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको सो पार्टीले जनाएको छ।
महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको बताइन्छ ।