arrow

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौँ। रुसले युक्रेनसँगको युद्धमा मारिएका करिब एक हजार युक्रेनी सैनिकको शव फिर्ता गरेको युक्रेनले बिहीबार पुष्टि गरेको छ। जवाफमा युक्रेनले पनि २४ जना रुसी सैनिकको शव फिर्ता गरेको छ।

मृतकको स्वदेश फिर्तीका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममार्फत यो जानकारी दिएको हो। युद्धको बीचमा दुवै पक्षले सैनिकको शव र युद्धबन्दीहरूको आदानप्रदान गर्दै आएका छन्।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै दुवै पक्षका हजारौँ सैनिकहरू मारिएका छन्, यद्यपि कुनै पनि पक्षले आफ्नो हताहतीको सही तथ्याङ्क सार्वजनिक गरेका छैनन्।

युक्रेनको ‘आई वान्ट टु फाइन्ड’ परियोजनाका अनुसार, शव आदानप्रदानको यस प्रक्रियामा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले मध्यस्थता गरेको थियो।

युक्रेन र रुसबीच शान्ति वार्ताका तीन चरण सम्पन्न भए पनि लडाइँ रोक्ने दिशामा खासै प्रगति हुन सकेको छैन। गत हप्ता क्रेमलिनले रुस र युक्रेनबीचको शान्ति वार्ता ‘रोकिएको’ बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ