arrow

युक्रेनको बस्तीमाथि रूसले नियन्त्रण जमाएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
russia-ukr.jpg

काठमाडौं। रूसले युक्रेनको जापोरिझ्झिया क्षेत्रस्थित ओल्गोभ्स्को बस्तीमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ।

रूसी रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा सुमी, खार्किभ, डोनेट्स्क, जापोरिझ्झिया र खेरसोन लगायतका क्षेत्रमा युक्रेनी सेना र उनीहरूको सैन्य उपकरणमाथि आक्रमण जारी राखेको जनाएको छ।

यता, युक्रेनले भने विभिन्न मोर्चामा रूसी आक्रमणहरू परास्त गर्न सफल भएको दाबी गरेको छ। युक्रेनी सशस्त्र बलको जनरल स्टाफले सोमबार रातिसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान र टोरेत्स्कसहितका क्षेत्रमा रूसी आक्रमणहरू विफल पारेको जनाएको छ।

दुवै पक्षले एकअर्काको दाबीलाई अस्वीकार गर्दै आएका छन्। अग्रपंक्तिमा तीव्र भिडन्त जारी रहेको युक्रेनी पक्षले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ