arrow

मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण : उर्जामन्त्री खड्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
deepak-khadka-05-06.jpg

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको  बताएका छन् । 

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता-उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । 

‘निजी क्षेत्रलाई सँधै साथमा लिएर हिड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ,’ उनले भने । 

उर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसदका दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताए ।

‘मुलुकलाई संकट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो,’ उनले भने । निजी क्षेत्रहरु डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था नरहेको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ