स्काउटको जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरको डोजर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
1k
Shares
काठमाडौँ। नेपाल स्काउटको जग्गा भाडामा लिएर बनाइएका संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको छ।
पूर्व ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालि. ले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो। बिहीबार महानगर प्रहरीहरू डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरूमा डोजर लगाएर भत्काएका हुन्।
जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लागेपछि गत कात्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। बिहीबारसम्मको म्यादमा पनि भाडा नआएपछि महानगरपालिकाले ती संरचनाहरू भत्काएको बताइएको छ।