कांग्रेस नेता खड्का भन्छन् - देश छोडेर भाग्नुपर्ने कुनै कारण छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएका थिए ।
त्यसलगत्तै पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीसमेत रहेका खड्काले सोमबार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।
उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ भनि प्रश्नसमेत गरे ।
पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिरसमेत गरे ।
उनले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताए ।
पूर्वमन्त्री खड्काले भने, ‘उहाँ कानूनको विद्यार्थी हुनुहुन्छ रे भन्ने मैले सुनेको छु । कानूनी राज्यको विषयमा उहाँ राम्रै जान्नु हुन्छ गृहमन्त्रीजी । म के कारणले भाग्नुपर्ने रहेछ ?’
उनले थपे, ‘म पदमा हुँदा मैले गरेका निर्णय, पदमा नहुँदा मैले गरेका व्यवहार, व्यापार, मैले राजनीतिक गरेको नै राजनीति खर्चिलो छ । आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर त्यसबाट खान लगाउनु पुग्छ भनेर म राजनीति शुरू गरेको मान्छे हो । सायद भ्रष्टाचारविरुद्धमा सबैभन्दा बढी अभियानकै रुपमा लिएर जाने मान्छे हो म।’
नेता खड्काले आफू श्रीमती डेंगी लागेर बिरामी भएपछि उपचारका लागि भारत गएको स्पष्टीकरणसमेत दिए ।