arrow

शिक्षा विधेयकको ज्ञापनपत्र लिएर गएका विद्यार्थीहरूसँग जङ्गिए महेश बर्तौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
mahesh-batrtaula-uml.jpg

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएका छन् । 

बुधबार सिंहदरबारमा संयुक्त विद्यार्थी संगठनका पदाधिकारीले प्रमुख सचेतक बर्तौलालाई शिक्षा विधेयक नेपालको संविधान र आम नागरिकको नैसर्गिक अधिकारविरूद्ध रहेको भन्दै ‘निःशुल्क र समान शिक्षा’ को मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

प्रस्तावित शिक्षा विधेयकले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको संगठनको ठहर छ । 

ज्ञापनपत्र बुझ्दै प्रमुख सचेतक बर्तौलाले ७०-७२ लाख विद्यार्थीको कमाण्ड गर्ने  संगठन शिक्षा विधेयकको सम्बन्धमा यति लामो समयसम्म चुप बसेको भन्दै आपत्ति जनाए । 

विधेयक दर्ता भएपछि छुटाउन नमिल्ने विषयमा सामूहिक संशोधन मात्र संगठनले राखेका भए त्यसमा छलफल हुने बताउँदै उनले समितिले विधेयक पास गरेपछि मात्र संगठन झस्किएको धारणा राखे ।

उनले भने, ‘७०-७२ लाख विद्यार्थीको कमाण्ड गर्ने त्यत्रो ठूलो स्टेक होल्डरहरुको वास्तवमा अगुवाई गर्ने विद्यार्थी आन्दोलन लामो समय यो शिक्षा विधेयकको सम्बन्धमा तपाईंहरु बेखबार हुनुभयो । तपाइँहरु मान्नुहोस् या नमान्नुहोस् यो छलफल आज भएको होइन् । विधेयक दर्ता भएपछि यी-यी विषय तपाइँहरुले कसै गरे पनि छुटाउन पाउनुहुन्न भनेर सामूहिक संशोधन मात्र राख्नुभएको भए हरेक दिन छलफल हुँदा संगठनले पेस गरेको संशोधनमाथि छलफल गर्ने थियौँ । तर मुद्दाहरु ठीक ठाउँमा आउन सकेन् । समितिले पास गरेपछि झल्याँस्स बिउँझिएर आउनुभयो ।’

उनले विधेयमाथि असन्तुष्टि जनाएर शिक्षक महासंघले काठमाडौँमा ठूलो प्रदर्शन गर्दासमेत विद्यार्थी नेताहरु महासंघले आन्दोलन गर्देला र मञ्चमा गएर भाषण गरौँला भनेर कुरेर बसेको आरोप लगाए । उनले आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर खबरदारी गर्न विद्यार्थी संगठन तयार नभएको टिप्पणी गरे । 

उनले भने, ‘विद्यार्थी संघका साथीहरुले कतिसम्म ख्याल गर्नुभएन भने शिक्षक महासंघले काठमाडौँमा ठूलो प्रदर्शन गर्नुभयो । कहिले शिक्षा महासंघले आन्दोलन गर्देला र उहाँहरुको मञ्चमा गएर भाषण गरौँला भनेर विद्यार्थी संघका नेताहरु कुरेर बस्नुभयो । आफ्नो मुद्दाको बारेमा आफ्नो मञ्च बनाएर यी विषयमा खबरदारी गर्न तयार भएनन् । यस्तो विषयमा ठूला भनिएका संगठनहरु झन् जिम्मेवार बन्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ