ब्राजिलका लागि नेपाली राजदूतले पेरुमा पेश गरे ओहोदाको प्रमाणपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
792
Shares
काठमाडौँ। ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका लागि गैरआवासीय राजदूतको रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। लिमामा आयोजित एक विशेष समारोहमा उनले राष्ट्रपति जेगारालाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बधाई र शुभकामना व्यक्त गरे।
राजदूत काफ्लेले नेपाल र पेरुबीच द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि विभिन्न विषयमा छलफल गरेका छन्। उनले पेरुका परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग दक्षिण-दक्षिण सहयोग, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक साझेदारी, सांस्कृतिक सम्बन्ध, र जलवायु परिवर्तन जस्ता साझा हितका विषयहरूमा विचार आदानप्रदान गरे।
यस अवसरमा राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको सफलताको लागि शुभकामना दिँदै आफ्नो सरकारबाट पूर्ण सहयोग प्राप्त हुने बताएकी छन्।