काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा मंगलबारदेखि भइरहेको १७ औँ संस्करणको अटो नाडा शोमा गल्फ अइल इन्टरनेशनलले वजनदार सहभागिता जनाइरहेको छ ।
उक्त आयोजनामा गल्फ अइल ‘डोर प्राइज स्पन्सर’ समेत हो । उसले एउटा खेल खेलाउँछ र सक्रिय सहभागीलाई हातै खाली नजाने पुरस्कार ठाउँका ठाउँ वितरण गर्छ ।
भदौ ८ गतेसम्म चल्ने उक्त नाडा शोको अन्त्यमा मोबाइल जस्तो बम्बर पुरस्कार जित्न सकिनेसमेत गल्फ अइलले जनाएको छ ।
के हो गल्फ अइल ?
गल्फ अइल इन्टरनेशनल विश्वब्यापी गल्फ ब्रान्डको आधिकारिक कम्पनी हो । यसको स्थापना सन् १९०१ मा भएको हो ।
यो कम्पनी मुख्यतया पेट्रोलियममा आधारित डाउनस्ट्रिम उत्पादनहरु अर्थात् हरेक किसिमका यातायातका साधन साथै मेशिनका लागि चाहिने तेलको उत्पादन गर्दछ । यसले जमीनदेखि औद्योगिक र समुद्री तेलसमेत प्रदान गर्दछ ।
विश्वका अधिकांश देशमा गल्फको उत्पादन अधिकार रहेको छ ।
नेपालमा गल्फ अइल इन्टरनेशनलको उपस्थिति
नेपालमा नेपाल लुब अइल लिमिटेड (एनएलओएल) का नाममा गल्फ अइल इन्टरनेशलले आफ्नो पकड जमाएको छ । २०४१ सालमा स्थापित यही एनएलओएललाई त्यसको दश वर्षपछि निजीकरण गरिएको थियो ।
तीस वर्षदेखि नेपाली बजारमा गल्फ लुब्रिकेन्ट्सको उपस्थिति रहेको हो ।
कम्पनीको दाबीअनुसार यो नेपालको नम्बर एक लुब्रिकेन्ट्स हो । यसको विस्तार वार्षिक ६ देखि ७ प्रतिशतका दरले भइरहेको छ ।
च्यानल सेल्स असिस्टेन्ट म्यानेजर राजन रावलका अनुसार नेपालमा यसका पाँच सय भन्दा बढी इम्पोर्र्टर्स र एक सय भन्दा बढी ब्रान्ड्स रहेका छन् ।
नेपालमा ३५ ओटा डिस्ट्रिव्युटर्स रहेका छन् । जसमा पूर्वमा बिर्तामोडदेखि सुदूरपश्चिममा महाकालीमा रहेको रावलले बताए ।
हरेक सवारीसँगै जुनसुकै नेपालमा चल्ने मेशिनमा चाहिने लुब्रिकेन्ट्स गल्फले प्रदान गर्ने रावलले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणको ट्रान्समिटरका लागि सामग्रीसमेत उपलब्ध गराइने बताए ।