arrow

त्रिविको ६३औँ ग्रेस लिष्ट पारित, ८९ हजार बढी विद्यार्थी उत्तीर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
oli-tu-program.jpg

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीसहितको ६३औँ ग्रेस लिष्ट पारित गरेको छ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकले रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कुलपति ओलीले त्रिविलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरे।

शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यसअनुसार काम गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले त्रिविमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी हुने गरी काम गर्नुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ