arrow

यस्तो बन्यो ग्वार्को 'फ्लाईओभर' [भिडियो]

संसदीय समितिले गर्‍यो स्थलगत अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
gwarko-flyover.jpg

काठमाडौं। सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित निर्माणाधीन फ्लाईओभरको स्थलगत अनुगमन गरेका छन्। यस अनुगमनका क्रममा समितिले फ्लाईओभरको प्रगति र यसले ट्राफिक व्यवस्थापनमा पार्ने प्रभावबारे छलफल गरेको छ।

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा भएको अनुगमनका क्रममा उनले ग्वार्को फ्लाईओभर नेपालमा पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। यद्यपि, उनले काठमाडौं उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्र फ्लाईओभर पर्याप्त नहुने स्पष्ट पारे। सिंहले कम्तीमा १७-१८ ठाउँमा यस्ता संरचना बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले फ्लाईओभरमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने समस्या रहेको स्वीकार गर्दै त्यसको नियन्त्रणका लागि पनि तत्काल नीति बनाएर काम सुरु गर्नुपर्नेमा जोड दिए।

"यदि जामलाई केही हदसम्म कन्ट्रोल गर्ने हो भने एउटाले मात्रै पुग्दैन, १५–१७ वटा ठाउँमा फ्लाईओभर ब्रिज बनाउन जरुरी छ," सिंहले भने, "फ्लाईओभर ब्रिजमाथि जाम हुँदैन। यहाँ भन्दा तल त जाम नै जाम छ नि। त्यसलाई पनि एउटा चाँडो भन्दा चाँडो पोलिसी बनाएर काम शुरु गर्नुपर्छ।"

स्थलगत अनुगमनमा सहभागी नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले फ्लाईओभर आफैँमा नयाँ परियोजना भएकाले निर्धारित बजेटमै सम्पन्न हुनु सुखद पक्ष भएको बताए। उनले ट्राफिक लाइट र दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी क्यामेरा जडानलगायतका प्राविधिक पक्षमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

गैरेले फ्लाईओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने बताए।

२०७८ फागुनमा दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माण सुरु गरिए पनि पटक–पटक म्याद थप र निर्माणको डिजाइन परिवर्तन गरी ३९ महिनामा फ्लाईओभरको निर्माण सम्पन्न भएको हो। उक्त फ्लाईओभरको आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यतालिका रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ