पूर्वयुवराज्ञी हिमानी छोरा हृदयेन्द्रसहित पुगिन् जुम्ला [भिडियो]
गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
811
Shares
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन्।
हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि उनी जुम्ला पुगेकी हुन्।
जुम्ला विमानस्थलमा पूर्वयुवराज्ञी शाहलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत यो सुत्केरी सेवा केन्द्र निर्माण गर्न लागेको हो।
स्थानीयबासीका अनुसार, यस केन्द्रले उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।