arrow

भिडियोमा सीता जयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
janakpur-janaki-mandir.jpg

काठमाडौँ । आज वैशाख शुक्ल नवमी । राम नवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ । 

भगवान् विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ । भगवान् रामसँग सीताको विवाह भएको थियो । 

पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख गरिन्छ । सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ । आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ