पाटन क्याम्पसको स्ववियु चुनावमा नेविसंघलाई प्यानल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
876
Shares
काठमाडौँ । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ ।
शनिबार भएको मतदान र त्यसपछिको मतगणनपछि नेविसंघले क्लिनस्वीप गरेको हो । जसअनुसार सभापतिमा रोहित कपाली, सचिवमा रूपक न्यौपाने, कोषाध्यक्षमा प्रज्वल तामाङ विजयी भएका छन् । त्यस्तै प्रत्यक्षतर्फ नेविसंघबाट सदस्यहरूमा राम दाहाल, दीपेन्द्र अर्गेजा मगर, प्रहलाद कटुवाल, ऋषभ भगत, जेनिश शाह, रोशन खत्री, विशाका घिमिरे र सोफिया सिंह ठकुरी निर्वाचित भएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयलये गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकेको थियो । अधिकांश क्याम्पसमा निर्वाचन भए पनि केही क्यापम्पसहरुमा विवाद थियो ।
पाटनमा विद्यार्थी संगठनको विवादले नै अहिलेसम्म चुनाव रोकिएको थियो ।