arrow

मेस्सीको प्रभाव कायमै, मियामीमा लगातार गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
messi-inter-miami-25-4-7.jpg

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीमाथिको प्रभाव कायमै राखेका छन् । उनले सोमबार टोरन्टो एफसीविरुद्धको खेलमा गोल गरेका छन्।

यो सिजनको मेजर लिग सकर (एमएलएस) मा उनको यो चार खेलमा तेस्रो गोल हो। उनको यो गोलको मद्दतले इन्टर मियामीले १–१ को बराबरी खेल्न सफल भयो।

पहिलो हाफको इन्जुरी समयमा उनले १८ यार्ड बक्सको छेउँबाट बायाँ खुट्टाले भली हानेर उत्कृष्ट शैलीमा गोल गरेका थिए । योसँगै मेस्सीले मियामीका लागि ४० गोल पूरा गरेका छन् । 

मेस्सीले यस सिजन खेलेका सबै चार ओटै एमएलएस खेलमा गोल र असिस्ट गरेर टोलीमा आफ्नो प्रभावलाई निरन्तरता दिएका छन् ।

एमएसएलका आजका अन्य खेलमा मिनेसोटा युनाइटेडले न्यूयोर्क सिटीलाई २–१ ले तथा सान जोस अर्थक्वेक्सले डीसी युनाइटेडलाई २–१ ले हरायो । 

अंक तालिका
३० टोली रहेको एमएसएलमा सातौँ चरणका खेल सकिँदैछन् । ७ खेलबाट भ्यानकोभर ह्वाइटक्याप्स १६ अंकसहित पाहिलो, कोलम्बस क्र्यु १५ अंकसहित दोस्रो स्थानमा रहँदा सान डियागो, इन्टर मियामी र मिनेसोटा युनाइटेडको समान १४ अंक छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ