राजावादीको प्रदर्शन हिंसात्मक: तीनकुनेमा तोडफोड र आगजनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
886
Shares
काठमाडौँ । आज काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा स्थिति नियन्त्रणबाहिर पुगेको छ।
स्थानीय बासिन्दाका अनुसार प्रदर्शनका क्रममा केही समूहले निजी घरहरूमा तोडफोड र आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि तनाव कम हुन सकेको छैन।
अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि भौतिक सम्पत्तिको क्षति भएको छ। सुरक्षाकर्मीहरूले क्षेत्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन प्रयास गरिरहेका छन्।