arrow

जलस्रोतको उपयोगका लागि आजदेखि काठमाडौँमा प्रथम पानी सम्मेलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
water-supply-ministry.jpg

काठमाडौँ । आजबाट राजधानीमा प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना हुँदैछ । जल तथा ऊर्जा आयोगका अनुसार उक्त पानी सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।

जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालका अनुसार नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्नेमा सो सम्मेलनमार्फत जोड गरिनेछ ।

जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा सो सम्मेलनको जोड रहनेछ ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ