arrow

खानेपानीमन्त्रीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
pradip-yadav-jasapa-ministe.jpg

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् ।  मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो न्भल श युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ