arrow

विश्व खानेपानी दिवस

नेपाल जलस्रोतको धनी भए पनि व्यवस्थापन चुनौतीपूर्ण - खानेपानी मन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
pradeep-poudel-12-09.jpg

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमुना राष्ट्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व खानेपानी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताए । 

उनले नेपाल जलस्रोतमा धनी भए पनि उचित व्यवस्थापनमा कमजोर र चुनौतीपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्ने गरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए । सुरक्षित खानेपानी तथा सरसफाइलाई सुनिश्चित तथा दिगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूसँग सहकार्यको तयारी भई रहेको उनको भनाइ छ । 

उनले भने, ‘नेपाल जलस्रोतको धनी भए पनि व्यवस्थापन, वितरण तथा सेवा गुणस्तर सुधार गर्न अझ धेरै चुनौती रहेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई वैज्ञानिक र नवप्रवर्तन युग समाधानहरूसँग एकीकृत गर्दै कार्यान्वयन गरिँदै छ । जलस्रोतको संरक्षण र उचित उपयोग प्रविधि हस्तान्तरण तथा खानेपानी तथा सरसफाइमा समान पहुँच सुनिश्चित गर्न सरकारले प्रभाकारी नीति कार्यक्रमलाई प्राथमिकता दिनेछ । सुरक्षित खानेपानी र सरसफाइलाई दिगो बनाउन निजी क्षेत्र, गैरसरकारी संस्था तथा विकास साझेदारहरूसँग सहकारी गर्दै लैजाने सरकारको रणनीति छ । यो भन्दा अघि पनि हामीले विकास साझेदार र विभिन्न दातृ निकाय जुन खानेपानी क्षेत्रमा काम गरी राख्नुभएको छ । उहाँहरूलाई बोलाएर छलफल पनि गरी सकेका छौँ । निकट भविष्यमा पुनः छलफल गरेर हामी जुन बजेट बनाइरहेका छौँ त्यो बजेटमा रणनीति तह सबैको सहकार्यमा सबैको सल्लाहबमोजिम कसरी खानेपानीमा फड्को मार्ने र नागरिकलाई स्वस्थ तथा शुद्ध खानेपानी कसरी दिने ? भन्नेमा विज्ञ विद्धानसँग विचार विमर्श गरेर बजेट बनाएर अगाडि बढ्छौँ । नेपाललाई पानी व्यवस्थाको सफल नमुना राष्ट्रको बनाउन सरकार प्रतिबद्ध छ ।’

मन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रूपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रूपमा व्यवस्था गरिएको बताए । संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ