arrow

त्रिचन्द्रमा नेविसंघभित्रै किचलो, कोइरालाले जित्ने पक्का भएपछि तीन बागीले लगाए ताला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
trichandra-college.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिचन्द्र क्याम्पसको विद्यार्थी चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्चश्व रहँदै आएको छ । तर त्यहाँभित्र नेविसंघकै आन्तरिक किचलो चलिरहेको छ । 

उक्त विवादित झलक यसपटक पनि देखिएको छ । यही चैत ५ गते मंगलबार स्वतनत्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचन हुँदै गर्दा नेविसंघ भित्रको विवाद छताछुल्ल भएको हो । 

स्ववियु निर्वाचनमा नेविसंघका आधिकारिक उम्मेदवार गोविन्द कोइरालाको जित निश्चित भएपछि स्ववियु निर्वाचन भाँड्ने र रोक्ने उद्देश्यले नेविसंघकै बागी उम्मेदवारहरुले ताला लगाएका छन् । 

बागी उम्मेदवारहरु विवेक वानिया, शृधर श्रेष्ठ र सागर न्यौपानेले शुक्रबार राति क्याम्पसमा ताला लगाएका हुन् । 

नेविसंघले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पक्षका कोइराला टिकट पाएर आधिकारिक उम्मेदवार बनेपछि अन्य व्यक्तिले बागी उम्मेदवारी दर्ता गराएर चुनाव भाँड्न खोजेका हुन् । 

 प्रारम्भिक विश्लेषणले कोइरालाको जित सुनिश्चित देखिएसँगै बागीहरुले मिलेर ताला लगाएको कोइराला पक्षको आरोप छ । 

मैदानमा उत्रेर विद्यार्थी हकहितका लागि लड्ने र देखिने गरी काम गरेका कोइराला विद्यार्थीको बीचमा चर्चित अनुहारसमेत हुन् । 

कोइराला चुनावमा लड्ने भएसँगै विभिन्न सात विद्यार्थी संगठनले गठबन्धन गरेका छन् । तर आफ्नै संगठनभित्रै बागी धेरै भएपछि नेविसंघ अप्ठेरोमा परेको छ । 

कतै 'भाइ फुटे गवार लुटे' भन्ने उखान चरितार्थ हुने त हैन ? 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ