arrow

अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु

जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग आन्दोलन भयो - शेखर कोइराला [भिडियो]

गणतन्त्र ल्यायौँ, जनतालाई कतिको खुशी पार्न सकेका छौँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
shekhar-koirala-11-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन् ।झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजा फर्काउनुपर्छ भन्ने कुरा नेपालमा मात्र नभई फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । 

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्ने कुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने बताए । 

उनले भने, ‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भने, मलाई लाग्दैन । माई खोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

सांसद कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भए पनि भूमि सम्बन्धी अध्यादेश किन स्वीकृत नगरिएको भन्दै प्रश्न गरे । 

उनले भने, ‘अध्यादेशमा मैले कन्टेन्ट भित्रको कुरा गरेको होइन । सरकारलाई एकदमै जरुरत परे अध्यादेश ल्याउन सक्ने संविधानमा व्यवस्था छ । अध्यादेश संसद नचलेको बेलामा ल्याउने हो । अहिले जुन ५ वटा ६ वटा अध्यादेश आयो, संसद नबोलाउने, संसद्लाई टार्ने, त्यसको ६ दिनपछि संसद बोलाउने । अध्यादेश राम्रै होला, ५ वटा पास भयो हिजो । कानून बन्ला, त्यसरी अघि बढ्ला । के कारणले भूमि सम्बन्धी अध्यादेश रोक्नुभयो । त्यो त स्वीकृत हुन ल्याइएन । अर्थतन्त्र जर्जर अवस्थामा छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ