arrow

हर्क साम्पाङको अभिव्यक्तिको विरोधमा पत्रकारको मौन जुलुस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
harka-sampang-dharan.jpg
तस्बिर – फाइल ।

इटहरी । धरान उपमहानगरपालिका प्रमुख  हर्कराज राई-साम्पाङलाई कारबाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । 

समाचारको विषयलाई लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि आज धरानमा मौन जुलुस निकालिएको हो । मेयरका कारण पत्रकारहरू सुनसरीमा असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेको जनाइएको छ ।

मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई सार्बजनिक रूपमा धम्की मात्रै होइन, गृह मन्त्री रमेश लेखकलाइ पत्र लेखेर कारबाही गर्न पनि माग गरे पछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् । 

पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।

समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ