नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा, अष्ट्रेलियामाथि ११ रनको जित [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १७ शनिबार
855
Shares
तस्बिर – नेपाल क्रिकेट संघ ।
काठमाडौँ । हङकङको मोङककमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ ।
नेपालले पहिलो खेलमा इङ्गल्याण्डलाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।
अष्ट्रेलिया आज बिहान ११ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा १११ रन बनायो ।
नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा रिटायर्ट हर्ट हुनुपूर्व ५१ रन बनाए । लोकेश बलमा ३३ रन जोडे । विवेक यादवले ४ बलमा १२ तथा रशिद खानले २ बलमा अविजित रहँदै १२ रन बनाए ।
अष्ट्रेलियाका ज्याक उडले दुवै विकेट लिए ।
जवाफमा अष्ट्रेलिया ६ ओभरमा १०० रनमा समेटियो । डान क्रिष्टियनले १६ बलमा ५५ रन बनाएर अविजित रहे । अन्य ब्याटर खासै जमेनन् ।
नेपालका लागि प्लेयर अफ द म्याच प्रतिस जीसीले २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै लोकेश बम र विवेक यादवले १–१ विकेट लिए ।