arrow

रियल टाइममै तथ्यांक देखेपछि नेपाली लेखा प्रणालीबाट विश्व बैंक सन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
barshaman-world-bank-repre.jpg

काठमाडौँ । नेपालको लेखा प्रणालीमा विश्व बैंक सन्तुष्ट रहेको देखिएको छ । नेपाल भ्रमणमा रहेकी विश्व बैंककी उपाध्यक्ष पामेला ओ कोनेलले महालेखा परीक्षक र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमणपछि यस्तो सन्तुष्टि व्यक्त गरेकी हुन् । 

सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । उनले लेखा प्रणालीमा अपनाइएको डिजिटल पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने विश्वाससमेत व्यक्त गरिन् ।

भेटका क्रममा अर्थमन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको र यसका लागि अहिलेको प्रयास रहेको बताएका थिए । त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्नुपर्ने भन्दै यसमा विश्व बैंकको सहयोग आवश्यक हुने उनको भनाइ थियो । 

अहिले महालेखा नियन्त्रक कार्यालयले देशभरका कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक रियल टाइममा केन्द्रीय तथ्यांक प्रणालीमा प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ । संघीय सरकारका सबै निकाय मार्फत भएका सबै आम्दानी र खर्चहरुको विवरणलाई त्यही दिनभित्र सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ