arrow

अर्थमन्त्री पुनको एउटा पत्रले शेयरको सम्पत्तिमा ८३ अर्बको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
barshaman-pun-80-11-23.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको एउटा पत्रले शेयर बजारको सम्पत्तिमा ८३ अर्बले वृद्धि भएको छ । पुनको निर्देशनमा आइतबार अर्थ मन्त्रालयले धितोपत्र बजारका नियामक निकायहरुलाई पत्र पठाउँदै पूँजीबजार सुधारको कार्ययोजना मागेको थियो । 

नयाँ अर्थमन्त्री नियुक्त भएपछि पूँजीबजार सुधारका लागि लिएको चासोका कारण मंगलबारको शेयर बजार ५८.५८ अंकले वृद्धि भएको हो । योसँगै बजारको कूल सम्पत्तिको रुपमा रहने बजार पूँजीकरण ३३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । आइतबार यस्तो पूँजीकरण ३२ खर्ब २६ अर्ब रुपैयाँ थियो । 

मंगलबारको बजारमा जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन र बैंकिङ उपसूचकमा सर्वाधिक धेरै वृद्धि देखियो । यअसघि बजार उतारचढाव हुँदा पनि बैंकिङ सूचकमा ठूलो उत्साह देखिँदैनथ्यो । 

मंगलबार बजारमा ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसरी सर्किट लाग्ने सबै कम्पनी लघुवित्त समूहका छन् ।

बजारमा मंगलबार ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । कारोबार रकमका आधारमा पनि यो औसतभन्दा बढी हो । 

मंगलबार बजारमा कारोबार भएकामध्ये २२० कम्पनीको मूल्य बढेको छ । २२ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ