पूँजी बजारका नियामक निकायसँग अर्थमन्त्री पुनले मागे बजार सुधारको कार्ययोजना
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
1.2k
Shares
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पूँजीबजार सम्बद्ध तीन वटा निकायसँग बजार सुधारको कार्ययोजना मागेका छन् ।
पुनको निर्देशनमा आइतबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग यस्तो कार्ययोजना मागेको हो ।
मन्त्रालयकी शाखा अधिकृत शारदा पौडेलले पठाएको पत्रमा पूँजी बजार सुधारका लागि तत्काल गर्नुपर्ने कामको सन्दर्भमा सरोकारवालाहरुसँग राय लिई सात दिनभित्र कार्ययोजना पेश गर्न भनिएको छ ।
गत बुधबार अर्थमन्त्री भएका पुनले पूँजी बजारका ६० लाख लगानीकर्ताप्रति आफ्नो ध्यान रहेको भन्दै यसको नीतिगत तथा संरचनागत सुधारका लागि पहल गर्ने बताएका थिए ।