arrow

ईयूको सदस्य बन्न युक्रेनले यी प्रक्रिया पूरा गर्न पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
russia-ukraine1.jpg

काठमाडौँ । युक्रेनले युरोपेली संघ (ईयू) को सदस्य बन्नका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराएका हुन् । 

"आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं," सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।
 
त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ