arrow

युक्रेनमा सहकर्मीमाथि ग्रिनेड प्रहार, २६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
ukraine-keiv-.jpg
तस्बिर – फाइल ।

किभ । एक जना युक्रेनी गाउँ पार्षद्ले बैठकमा सहकर्मीहरूमाथि हाते ग्रिनेड प्रहार गर्दा २६ जना घाइते भएका छन् । 

घटना शुक्रबार बिहान पश्चिमी युक्रेनको केरेटस्की गाउँ परिषद्को मुख्यालयमा भएको हो।

टेलिग्राममा प्रहरीले पोस्ट गरेको भिडियोमा कालो पहिरन लगाएका एक जना व्यक्ति काउन्सिलको बैठकमा बहस भइरहेका बेला प्रवेश गरेको देखाइएको छ।

त्यसपछि उनले आफ्नो खल्तीबाट तीन वटा ह्यान्ड ग्रेनेड निकालेर विस्फोट गराएको देखिन्छ ।

प्रहरीका अनुसार विस्फोटबाट २६ जना घाइते भएका छन्  जसमध्ये छ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो समय रूससँगको युद्धका कारण थुप्रै युक्रेनीहरूसँग हतियारको  सहज पहुँच छ । हतियारको सहज पहुँचले यस्ता अनपेक्षित दुर्घटना घटिरहेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ