arrow

रुस-युक्रेनबीच शान्ति आउनेमा यसो भन्छन् पुटिन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
russia-putin-vladimir-war.jpg

काठमाडौँ । युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन "असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताएका छन् । 

'जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,' पुटिनले भने ।
 
यता पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ