arrow

युक्रेनमा रुसले गर्‍यो व्यापक ड्रोन आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
russia-drones-.jpg
तस्बिर – फाइल ।

युक्रेन । युक्रेनले शनिबार ७५ वटा रूसी ड्रोन युक्रेनी क्षेत्रमा पठाएको र तीमध्ये अधिकांश राजधानी कीएभको आकाशसम्म पुगेको यसक्रेनी सेनाले जनाएको छ । 

युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दाबी गरेको छ । युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको थियो । 

तीमध्ये अधिकांश राजधानी कीएभमा खसालेको आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ । विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ । 

तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो । 

“दुश्मनले युक्रेनमा उच्च सङ्ख्यामा ड्रोनमार्फत् आक्रमण गरेको छ । आक्रमणको मुख्य दिशा कीएभ रहेको छ,” युक्रेनको वायु सेनाका कमान्डर जनरल माइकोला ओलेश्चुकले भने । 

वायु सेनाले ७५ मध्ये ७४ वटा ड्रोन खसालेको जनाएको छ । छ घण्टासम्म चलेको हवाई आक्रमणमा राजधानीमा ११ वर्षीय बालकसहित पाँच जना घाइते भएको कीभका अधिकारीहरूले बताएका छन् । 

कीएभका मेयर भिटाली क्लिट्स्कोले ड्रोनको भग्नावशेष खसेपछि शहरका केही घरमा आगलागी हुनुका साथै भवनमा क्षति पुगेको बताएका छन् ।  

आक्रमणबारे बताउँदै एएफपीका सञ्चारकर्मीले कीएभका बासिन्दाले शहरको निप्रोभ्स्की जिल्लामा भत्किएको झ्याल र अन्य क्षतिलाई सफा गरेको र नजिकै एम्बुलेन्सहरू पार्क गरिएको आफुले देखेको बताए । 

यसैबीच, युक्रेन भ्रमणमा रहेका लातभियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्सले आक्रमणका क्रममा कीएभको एउटा अँध्यारो बम सेल्टरभित्र रहेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।  

आक्रमणपछि दर्जनौँ भवनको विद्युत् कटौती भएको थियो तर युक्रेनको ऊर्जा मन्त्रालयले भने पछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ