arrow

रुस- युक्रेनबीच युद्ध बिरामको पक्षमा हंगेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
russia-ukraine-military-drills.jpg

काठमाडौं । रुस- युक्रेनबीच युद्ध बिरामको पक्षमा हंगेरी उभिएको छ । 

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुस र युक्रेन बीचको युद्ध बिरामको पक्षमा आफू रहेको बताएका छन् ।

बिहीबार उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस र युक्रेनबीचको युद्ध बिरामका लागि हंगेरी शान्तिको पहल गर्न तयार रहेको बताएका हुन् । 

उनले ब्रसेल्समा युरोपियन युनियन (ईयू) नेताहरूको बैठकमा भाग लिनुअघि यस्तो बताएका हुन् । 

उनले शान्तिका लागि आफूहरूसँग स्पष्ट र पारदर्शी नीति रहेको बताए । 

उनले शान्तिका लागि आफूहरूसँग रणनीति रहेको भन्दै शान्तिको पक्षमा बोल्ने आफू मात्रै रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ