arrow

टर्किएले नयाँ युक्रेन शान्ति वार्तामा भाग लिनेछ- जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
Volodymyr Zelenskyy.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार टर्किएका समकक्षी रेसेप तय्यप एर्दोगानसँग कुराकानी गरेपछि युक्रेन सङ्घर्षलाई समाप्त पार्ने तरिकाबारे विचारविमर्श गर्नका लागि टर्कीएले आगामी साता शान्ति वार्तामा भाग लिने बताएका छन् । 

टर्किएले यसै वर्षको सुरुमा जेद्दा र कोपेनहेगनमा यस्तै प्रकारको बैठकपछि यही अक्टोबर २८–२९ मा माल्टामा युक्रेन शान्ति वार्ताका लागि एक चरणको आयोजना गर्ने बताएको छ । 

“हामीले माल्टामा शान्ति फर्मुला वार्ताको आगामी चरणबारे चर्चा गर्यौँ”, एर्दोगानसँग टेलिफोन कुराकानी गरेपछि जेलेन्स्कीले भने, “आफ्नो आधिकारिक आवाज र अडान प्रस्तुत गर्दै टर्कीए शान्ति वार्तामा सहभागी हुनेछ ।”

रुस वार्तामा सहभागी हुने अपेक्षा नभएको भन्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो शान्ति योजनाका लागि समर्थन जुटाउने विश्वास व्यक्त गरे । यस्तै किसिमको वार्ता जुनमा कोपेनहेगन र अगस्टमा साउदी सहर जेद्दामा भएको थियो । 

चीन, भारत, अमेरिका र युक्रेनसहित करिब ४० देशका प्रतिनधिहरूले साउदी शिखर सम्मेलनमा भाग लिएका थिए । यद्यपि उक्त सम्मेलनमा अन्तिम घोषणा हुन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ