arrow

युक्रेनी शरणार्थी थप एक वर्ष युरोपमा बस्न पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
Europe.svg.png

काठमाडौं ।  युरोपेली सङ्घ (ईयू)ले युक्रेनका शरणार्थीलाई ईयू मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । 

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ । 

ईयूले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे-मार्लास्काले बताएका छन् । स्पेन ईयूको वर्तमान अध्यक्ष हो । ईयूको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ । 

मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि  पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन्भने मस्को पनि यी क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी सङ्कट बढाएको सङ्केत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ