arrow

शान्ति वार्ताका लागि टर्किएका राष्ट्रपति रुसको भ्रमणमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
russia-turkey-putin-tayyip.jpg

काठमाडौं । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्किएका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा जाँदै छन् । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो । 

टर्किएका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा जाने बताइएको छ । 

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताएकी छन् । 

राष्ट्रपति एर्दोगानले मस्को र किएभसँगको आफ्नो राम्रो सम्बन्धलाई सदुपयोग गर्दै दुवै पक्षलाई औपचारिक शान्ति वार्तामा ल्याउने प्रयास गरेका छन् । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य टर्किएले गत वर्ष द्वन्द्व सुरु भएपछि रुस, युक्रेन र राष्ट्रसङ्घ सम्मिलित युक्रेनी बन्दरगाहहरूबाट अन्न ढुवानी गर्नेसम्बन्धी सम्झौता गराउन अहम् भूमिका निर्वाह गरेको थियो । 

केही समयअघि रुसले एकपक्षीय रूपमा उक्त सम्झौताको म्याद स्वतः समाप्त भएको घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ