arrow

रुसविरुद्ध लड्न दुई देशले ठूलो संख्यामा लडाकू विमान दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
poland-russia-fighter-jet.PNG

काठमाडौं ।  नेदरल्यान्ड्स र डेनमार्कले युक्रेनलाई आफ्ना ६१ वटा एफ-१६ लडाकु विमानहरू दिने भएका छन् । नेदरल्यान्ड्स र डेनमार्कले पाइलट तालिम सन्तोषजनक रूपमा पूरा भएपछि युक्रेनलाई आफ्ना लडाकु विमानहरू दान गर्ने घोषणा गरेका हुन् । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी  डेनमार्क पुगेसँगै दुई देशले विमान दिने बारे छलफल भएको थियो ।  दुई दिन अघि अमेरिका निर्मित एफ-१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको थियो

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले सङ्ख्या उल्लेख नगरे पनि ४२ बटा लडा विमान दिने सङ्केत गरेका छन् । 

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो देशले १९ वटा जेट उपलब्ध गराउने बताइन् । डेनमार्कले नयाँ वर्षमा छ बटा, अर्को वर्ष थप आठ र २०२५ मा बाँकी पाँचबाट विमान उपलब्ध गराउने फ्रेडरिक्सनले भनिन्।

डेनिस रक्ष मन्त्रीले एक वक्तव्य जारी गर्दै आफ्नो देश र नेदरल्याण्ड्सले ‘रुसविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँ र रुसको मूर्खतापूर्ण आक्रामकताका लागि’ लडाकु विमान दान गरेकोमा गर्व व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ