arrow

रुस र युक्रेनबीच कैदी आदानप्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
russia-ukraine1.jpg

काठमाडौं । रुस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले जनाएको छ ।

युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभका अनुसार युक्रेनले द्वन्द्व सुरु भएदेखि अहिलेसम्म रूससँग ४८ जना कैदीआदानप्रदान गरिसकेको छ ।

युसोभले द्वन्द्वको सक्रिय चरणमा भएको युक्रेन र रूसबीच कैदी अदलाबदलीको प्रक्रियालाई ‘अभूतपूर्व स्थिति’ को रूपमा वर्णन गरेका छन् । 
 
युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ । 

दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ