arrow

युद्धका लागि युक्रेन आफैले बनायो ड्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
drone-usa-india.jpg

काठमाडौं ।  युक्रेनले लडाइँ क्षेत्रमा प्रयोग गर्न आफैले घरेलु ड्रोन बनाएको छ । युक्रेनद्वारा निर्मित नयाँ टोही ड्रोनको परीक्षण पनि सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । 

स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०-१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक-अफ पोइन्टमा स्वतः फर्कने प्रणाली  जडान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ