पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रह [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
1.2k
Shares
काठमाडौँ । रुसले छिमेकी राष्ट्र युक्रेनमाथि आक्रमण गरेको आज ५०५ दिन भएको छ । नेपालस्थित रुसी दूतावास अगाडि युद्व तत्काल रोक्न र शान्तिवार्तामा आउन दवाब दिने उद्देश्यसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ।
समाजका केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्व सभापति उत्तर पुडासैनी लगायतका अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो।
समाजले आजै रुसी दूतावासमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रह गरेको छ।
२०२२ फेब्रुअरी २४ मा नेटोसँग सम्बन्ध नजिक बनाएको भन्दै रुसले युक्रेनमाथि सैनिक हमला शुरु गरेको थियो।