arrow

रुसी फौजको रकेटबाट छ जना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
russia-ukraine-military-drills.jpg

काठमाडौं ।  पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । 

लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर छ जनाले ज्यान गुमाएका तथा अन्य पाँच जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन् । 

सामाजिक  सञ्जालमा उनले शहमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थित सृजना गरेको लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ