arrow

अपार्टमेन्टमा रुसले हान्यो रकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
south-korea-china-russia-japan-military-.jpg

काठमाडौं ।  पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।

नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा  धेरै मानिस फसेको आशङ्का गरिएको छ । 

रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ । करिब ५० वटा गाडीमा पनि क्षति भएको छ । केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ । 

क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको छ । यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ