arrow

रुसी सेनामाथि युक्रेनको भीषण आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौं ।  रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ । 

युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन् । 

रुसी अधिकारीहरूका अनुसार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित ४१ जना घाइते भएका छन् । 

युक्रेनको सेनाले माकिभकामा रहेको रुसी सेनाको एउटा संरचनालाई पनि ध्वस्त पारेको छ । 

युक्रेनी सेनाले आवासीय क्षेत्र र माकिभकाको अस्पताल परिसरमा पनि भीषण आक्रमण गरेको छ । 

सन् २०१४ देखि नै डोनेट्स्क क्षेत्र आंशिकरूपमा क्रेमलिन समर्थित पृथकतावादीको कब्जा गरेको छ ।

 यसलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिनु रुसी फौजको मुख्य सैन्य उद्देश्य हो । 

केही दिनदेखि यहाँको औद्योगिक क्षेत्रलाई  पनि युक्रेनी सेनाले आक्रमणको केन्द्रबिन्दु बनाएको छ । 

युक्रेनी सेनाले गरेको आक्रमणमा नौ वटा स्वास्थ्य सेवा केन्द्रमा क्षति पुगेको डोनेट्स्कस्थित रुसी अधिकारी डेनिस पुशिलिनले बताएका छन् । 

चालीस वटा आवसीय भवन, विद्यालय र वारुणयन्त्र कार्यालयमा पनि क्षति भएको छ । यद्यपि उनले थप विवरण दिएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ