arrow

बाँध भत्किएपछि १७ जनाले गुमाए ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
ukraine-dam-collapse-2023.jpg

युक्रेन । काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन् ।

मंगलबार बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । 

विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार पूर्वाधारमा गम्भीर क्षति भएको छ ।

गत मङ्गलबार काखोभका जलविद्युत् आयोजनालाई लक्षित गरी भएको आक्रमणबाट बाँध भत्किएपछि बाढीबाट बृहत् विनाश भएको छ भने हजारौँ बासिन्दा बाध्य भएर सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ